Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ

images
  • अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट चार जना पक्राउ
    images
    images

    काठमाडौँ । अवैध लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न रहेको आरोपमा देशका विभिन्न स्थानबाट चार जना पक्राउ परेका छन् ।

    images
    images
    images

    काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेटसहित नुवाकोट तार्केश्वर गाउँपालिका-५ घर भएका २९ वर्षीय साजन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

    images
    images
    images

    यस्तै, सुनसरीको बराहक्षेत्र नगरपालिका-५ ठुटेचोकबाट ३८ वर्षीया लिला राईलाई ६ किलोग्राम गाँजासहित पक्राउ गरिएको छ । प्रहरी चौकी भरोलबाट खटिएको टोलीले घर तलासीका क्रममा उक्त गाँजा बरामद गरेको हो ।

    images
    images
    images

    उता कैलालीको बर्दगोरिया गाउँपालिका-२ बर्दगोरियाबाट खैरो हेरोइनजस्तो देखिने ६८० मिलिग्राम पदार्थसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा २२ वर्षीय रमेश बुढा र २४ वर्षीय विकास परियार रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

    उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।