Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु जारी

वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु जारी

images
  • वीरगञ्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु जारी
    images
    images

    वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय पर्साले पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो ।  प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालयले महानगरपालिका क्षेत्र भित्रका पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटक्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । 

    images
    images
    images

    कर्फ्यु अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षाका परिक्षार्थी एवं परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने प्रशासनले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वीरगञ्ज
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।