वीरगञ्ज । वीरगञ्जदेखि भारतको राजधानी दिल्लीसम्म पैदल यात्रामा निस्किएका छपकैयाँका शेष मुन्ना १८ औँ दिनमा उत्तर प्रदेशको बरेली पुगेका छन् । गएको साउन २१ गते विहान वीरगञ्जबाट पैदल यात्रा सुरु गरेका मुन्ना बिहारहुँदै अहिले उत्तरप्रदेश पुगेका हुन् ।
१८ औँ दिनसम्ममा उनले झण्डै ८ सय किलोमिटरभन्दा बढी दूरी पैदलै पार गरिसकेका छन् । निरन्तर पैदल हिँड्दा खुट्टा फुलिएको तर पनि निर्धारित दूरी पार गरेरै छाड्ने उद्धेश्यका साथ दैनिक निर्धारित यात्रा तय गरिरहेको उनी बताउँछन् ।दैनिक ४० किलोमिटरभन्दा बढी दूरी पैदलै हिडेर यहाँसम्म पुगेको मुन्नाले बताए ।
झण्डै ११ सय किलोमिटरभन्दा बढी दूरीमा रहेको दिल्लीमा पुग्न अझै केही दिन लाग्ने छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपयकैयाका ३२ वर्षीय मुन्नाले निर्धारित दूरी दिल्लीसम्म पुग्न अब २६० किलोमिटर मात्रै बाँकी रहेको छ ।
नेपाल र भारतबीचको रोटी बेटीको सम्बन्ध अझ बढी मजबुत बनाउन र अन्तर्राष्ट्रिय स्तरमा बिरगंज लाई चिनाउन आफूले पैदल यात्रा गरेको उनले बताउने गरेका छन्।
तेक्वान्दो, करातेका प्रशिक्षक समेत रहेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेडलसमेत जिेतका छन्
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology