Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ

अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ

images
  • अवैध लागूऔषधसहित सुनसरी र झापाबाट तीन जना पक्राउ
    images
    images

    काठमाडौँ । सुनसरी र झापामा अवैध लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

    images
    images
    images

    सुनसरीको धरान उपमहानगरपालिका-८ तीनकुनेबाट प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५९० ट्याब्लेट र डिकोलिक ५९० ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका-४ निवासी २१ वर्षीय सिजन अधिकारी र तेह्रथुम घर भएका २० वर्षीय नविन कडेल रहेका छन्। अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको टोलीले प्र.१-०२-०५५ प ११३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।

    images
    images
    images

    त्यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका-३ किरात पार्क क्षेत्रबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम १० मिलिग्राम पदार्थसहित २४ वर्षीय सोनम शेर्पा पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनले प्रयोग गरेको प्र.१-०१-००२ ह ६१७ नम्बरको अटो पनि बरामद गरेको जनाएको छ।

    images
    images
    images

    घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।