काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१२ टेकुस्थित शिवबहादुर घर्तीले सञ्चालन गरेको रोडलाइन प्यालेस होटलको कोठा नम्बर १०५ मा पूर्णबहादुर बोहरालाई बन्धक बनाई कुटपिट गरी घाइते अवस्थामा राखिएको विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई सकुशल उद्धार गरेको हो ।
प्रहरीका अनुसार बोहरालाई बन्धक बनाई कुटपिट गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई फागुन ११ गते राति करिब ९ बजे पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।
घटनास्थलबाट तीन थान मोबाइल फोन, एक थान रुद्राक्षको दाना र एक थान चेक बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology