Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ

images
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक महिला पक्राउ
    images
    images

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागेको ठूलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरिएको छ ।

    images
    images
    images

    विमानस्थलको प्रस्थान होल्ड ब्यागेज जाँचका क्रममा स्वीडिस नागरिक ५१ वर्षीया कुन्चोक खाण्ड्रोलाई पक्राउ गरिएको हो । उनी सिचुवान एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट चीन जाने तयारीमा थिइन् ।

    images
    images
    images

    जाँचका क्रममा उनका ब्यागबाट अमेरिकी डलर १० हजार ५००, युरो २६ हजार ७००, चाइनीज युआन ७ हजार ४०० र स्वीडेनका ४३ हजार क्रोनर फेला परेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पक्राउ परेकी कुन्चोक खाण्ड्रोलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोक, ललितपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।