Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

देउवालाई लागेन चुनाव : उडे सिंगापुर

देउवालाई लागेन चुनाव : उडे सिंगापुर

images
  • देउवालाई लागेन चुनाव  : उडे सिंगापुर
    images
    images

    काठमाडौं । आसन्न निर्वाचनको ठीक अघि नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा गएराती सिंगापुर गएका हुन् । देउवा पत्नी आरजु राणा देउवा भने तीन दिनअघि नै सिंगापुर पुगिसकेकी थिइन् ।

    images
    images
    images

    देउवा दम्पति यसअघिको उपचारको फलोअपका लागि सिंगापुर गएको उनी निकट नेताहरुले जानकारी दिएका छन् ।

    images
    images
    images

    विशेष महाधिवेशनपछि पार्टीभित्रको शक्ति सन्तुलन फेरिए पनि सभापति गगन थापा पक्षले निर्वाचनमा देउवाको साथ खोजिरहेको चर्चा चल्दै आएको बेला देउवा सिंगापुर गएका हुन् । 

    images
    images
    images

    विशेषगरी उनको गृह जिल्ला डडेल्धुरामा मतदानका लागि मात्र भए पनि देउवा पुग्ने अपेक्षा स्थानीय कांग्रेस कार्यकर्ताले गरिरहेका थिए ।

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा कुटाई खाएका देउवा दम्पति उपचारका लागि कार्तिक १० मा सिंगापुर गएका थिए । त्यसपछि उनीहरु कार्तिक २८ मा स्वदेश फर्किएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।