Logo

२०८३, आश्विन १७गते


images
images

काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहरुको विकास प्रतिबद्धता पत्र 'भिजन १०' सार्वजनिक

काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहरुको विकास प्रतिबद्धता पत्र 'भिजन १०' सार्वजनिक

images
  • काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहरुको विकास प्रतिबद्धता पत्र 'भिजन १०' सार्वजनिक
    images
    images

    काठमाडौं । संघीय राजधानी काठमाडौं उपत्यकामा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवारहरुका तर्फबाट नेपाली कांग्रेस काठमाडौं उपत्यका विकास प्रतिबद्धता पत्र भिजन १० सार्वजनिक गरिएको छ ।

    images
    images
    images

    काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच महामन्त्री प्रदीप पौडेलको उपस्थितीमा तीनवटै जिल्लाका उम्मेदवारहरुको भर्चुअल सहभागीतामा प्रतिज्ञा पत्र सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    प्रतिज्ञा पत्रमा तीनवटै जिल्लालाई एउटै सहरका रुपमा लिइ स्थान विशेषका मौलिक विशिष्टतालाई ध्यानमा राख्दै एकीकृत सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गरेर विश्वको सफा, सुन्दर, विकसित, आधुनिक, सुशासित एवं जीवन्त सहरका रुपमा विकास गरिने उल्लेख छ ।

    images
    images
    images

    उपत्यकाको बहन क्षमता बमोजिम सहरको व्यवस्थापन गर्दै वृहत्तर संघीय राजधानी पुर्नसंरचना योजना कार्यान्वयन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई सृदृढ एवं सक्षम बनाइने प्रतिज्ञा पत्रमा छ ।

    यसैगरी, उपत्यकाको सडक यातायातलाई सहज, व्यवस्थित र अनुमानयोग्य बनाउन एकीकृत सहरी यातायात र स्मार्ट मोबिलिटी नीति अवलम्बन गर्दै मास ट्रान्सपोर्टसहितको सडक पूर्वाधार निर्माण तथा यातायात व्यवस्थापन गर्दा पैदलयात्री, साइकल यात्री तथा सबै नागरिकको आवश्यकतालाई विशेष ध्यान दिंदै वाकेबल सिटीका रुपमा विकास गरिने प्रतिज्ञा पत्रमा छ ।

    प्रतिज्ञा पत्रले उपत्यकाभित्रको प्रदुषण नियन्त्रणका लागि एकीकृत मापदण्ड तयार पार्नुका साथै सार्वज्निक तथा पुरातात्विक स्थलको संरक्षण तथा व्यवस्थापनका लागि एकीकृत योजना बनाइ कार्यान्वयनमा ल्याइने भनेको छ । यस्तै, उपत्यकाका नदीको संरक्षण, शुद्धिकरण तथा सौन्दर्यीकरणको एकीकृत योजना कार्यान्वयनमा ल्याउँदै आसपासका निकुञ्ज, सार्वजनिक वन तथा पार्कहरुलाई संरक्षण गर्दै आरोग्य जीवनशैलीका लागि उचित योजना कार्यान्वयन गर्ने समेत प्रतिज्ञा पत्रमा छ ।

    शिक्षा क्षेत्रलाई समयसापेक्ष, प्रविधिमैत्री र व्यवहारिक बनाउन आवश्यक गुणस्तरीय शिक्षामा सहज पहुँच सुनिश्चित गर्नुका साथै स्वास्थ्य सेवालाई सर्वशुलभ, गुणस्तरीय एवं प्रविधिमैत्री बनाइ समग्र स्वास्थ्य प्रणालीलई विश्वस्तरीय बनाउँदै लगिने काठमाडौं उपत्यकाका कांग्रेस उम्मेदवारहरुको प्रतिज्ञा छ ।

    प्रतिज्ञा पत्रले उपत्यकाको एकीकृत भू उपयोग नीीत तर्जुमा गरी कार्यान्वयनमा ल्याउँदै सहरी पूर्वाधार, भवन संहिता तथा ढल व्यवस्थापनसहितको पुनरुत्थान गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउने तथा विपद् व्यवस्थापनका लागि पूर्व चेतावनीसहितका कमाण्ड सेन्टर सञ्चालनमा ल्याउने विषय समेटेको छ ।

    बढ्दो बेरोजगारी, गरिबी तथा असमानता घटाउन रोजगारीका अवसर सिर्जना गर्ने, युवालक्षित रोजगारी तथा डिजिटल प्रविधि एवं आइटीसँग् जोडिएका उद्यमका विशेष कार्यक्रम सञ्चालन गर्ने, सामाजिक सुरक्षाका प्याकेजमार्फत गरिबी निवारण तथा विद्यमा असमानता कम गरी उपत्यकावासीको जीवन सहज बनाउने, सुकुम्बासी र अव्यवस्थित बसोकासलाई व्यवस्थित गर्न विशेष योजना कार्यान्वयनमा ल्याउने समेत उम्मेदवारहरुले साझा प्रतिज्ञा गरेका छन् ।

    उपत्यकाको खानेपानी समस्याको दिगो समाधान गर्न कम्तीम आगामी ५० वर्षको जनसंख्यालाई ध्यानमा राखेर वृहत्तर योजना निर्माण गर्दै भूमिगत जलसतहको अवस्था सम्बोधन गर्ने गरी जलभण्डारण तथा जलपुर्नभरण योजना तर्जुमा गरी कार्यान्वयन गरिने समेत उम्मेदवारहरुको प्रतिज्ञा पत्रमा छ ।

    कार्यक्रममा बोल्दै महामन्त्री प्रदीप पौडेलले काठमाडौं उपत्यकाको दिगो व्यवस्थापन र विकास कांग्रेसको प्राथमिकतामा रहेको भन्दै एक्ला एक्लै भन्दा सामूहिकतामा प्रभावकारी हुने भएकाले एकीकृत विकासका लागि साझा प्रतिज्ञा गरिएको बताए । ‘यस प्रतिज्ञा पत्रले भावी दिनमा उपत्यकाको विकासमा एकजुट भएर काम गर्नका लागि समेत मार्ग दर्शन गर्नेछ,’ उनले भने ।

    प्रतिज्ञा पत्रमा काठमाडौं १ का उम्मेदवार प्रबल थापा, काठमाडौं २ का उम्मेदवार कविर शर्मा, काठमाडौं ३ का उम्मेदवार रमेश अर्याल, काठमाडौं ४ का उम्मेदवार सचिन तिमिल्सना तथा महामन्त्रीसमेत रहेका काठमाडों ५ का उम्मेदवार प्रदीप पौडेलको प्रतिबद्धता छ ।

    यसैगरी काठमाडौं ६ का उम्मेदवार कृष्णसबुज बानियाँ, काठमाडौं ७ का उम्मेदवार प्रमोदहरि गुरागाईं, काठमाडौं ८ की सपना राजभण्डारी, काठमाडौं ९ की नानु बास्तोला तथा कामाडौं १० का उम्मेदवार हिमाल कार्कीको प्रतिबद्धता समेत छ ।

    कांग्रेसका तर्फबाट भक्तपुर १ का उम्मेदवार किरण न्यौपाने, भक्तपुर २ का उम्म्ेदवार कविर राणा, ललितपुर १ का उम्मेदवार उदयशमशेर राणा, ललितपुर ३ का प्रेमकृष्ण महर्जन तथा ललितपुर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले समेत प्रतिज्ञा पत्रमा प्रतिबद्धता जनाएका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।