Logo

२०८३, आश्विन ११गते


images
images

अन्तर्राष्ट्रिय

इरानी नागरिकलाई सरकार नियन्त्रणमा लिन तयार रहन ट्रम्पको आव्हान

इरानी नागरिकलाई सरकार नियन्त्रणमा लिन तयार रहन ट्रम्पको आव्हान

images
  • इरानी नागरिकलाई सरकार नियन्त्रणमा लिन तयार रहन ट्रम्पको आव्हान
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकी सैन्य कारबाही बारे जानकारी दिदै इरानी नागरिकलाई सरकार नियन्त्रणमा लिन तयार रहन आह्वान गरेका छन्।

    images
    images
    images

    भिडियो सन्देशमार्फत सम्बोधन गर्दै ट्रम्पले सैन्य अभियान सकिएपछि देशको सत्ता जनताकै हातमा आउने भन्दै त्यसलाई आफ्नो नियन्त्रणमा लिन आग्रह गरेका हुन् । उनले यस्तो अवसर पुस्तौँपछि मात्र आउने दाबी गरेका छन् ।

    images
    images
    images

    ट्रम्पले विगतमा इरानी जनताले अमेरिकासँग सहयोग माग्दै आएको उल्लेख गर्दै अघिल्ला राष्ट्रपतिहरूले लिन नसकेको कदम आफूले चाल्न लागेको बताएका छन् । उनले अहिले अमेरिकाले इरानी जनतालाई बलियो समर्थन दिएको भन्दै अब आफ्नो भविष्य आफैंले तय गर्ने समय आएको बताएका छन् ।

    images
    images
    images

    उनले अमेरिका शक्तिशाली सैन्य सहयोगसहित इरानी जनताको पक्षमा उभिएको दाबी गर्दै समृद्ध भविष्यतर्फ अघि बढ्न अहिले नै कदम चाल्नुपर्ने बताएका छन् ।

    सम्बोधनको अन्त्यमा ट्रम्पले यो निर्णायक क्षण भएको उल्लेख गर्दै अवसर नगुमाउन इरानी जनतालाई आग्रह गरेका छन् । ट्रम्पले इरानमा अहिले बम आक्रमण जारी रहकेले नागरिकलाई घरमै रहन र सेल्टर लिन आग्रह समेत गरेका छन् ।

    अमेरिका र इरानले शनिबार बिहानदेखि इरानको राजधानी तेहरानसहितका शहरमा आक्रमण गरिरहेको छ । त्यस्तै इरानले पनि इजरायलमाथि जवाफी आक्रमण शुरु गरेको छ । अहिले इरानमा इन्टरनेट पूर्ण रुपमा बन्द गरिएको छ ।

    यसैबीच इरानका सर्वोच्च नेता अयोतुल्लाह खामेनीले इजरायलमाथि मिसाइल आक्रमणको निर्देशन दिएका छन् ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।