Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानको आक्रमणमा दुबईमा चार र कतारमा १६ जना घाइते

इरानको आक्रमणमा दुबईमा चार र कतारमा १६ जना घाइते

images
  • इरानको आक्रमणमा दुबईमा चार र कतारमा १६ जना घाइते
    images
    images

    काठमाडौँ । इरानले गरेको आक्रमणपछि संयुक्त अरब इमिरेट्सको दुबईमा चार जना घाइते भएका छन् । दुबई सरकारले दिएको जानकारी अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा भएको एक घटनामा उनीहरू घाइते भएका हुन् ।

    images
    images
    images

    यसैबीच अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको अर्को घटनामा अवरोध गरिएको ड्रोनको भग्नावशेष खस्दा एक एशियाली नागरिकको मृत्यु भएको छ भने सात जना अन्य घाइते भएका छन् । मृत्यु भएका नागरिकको परिचय खुलाइएको छैन । 

    images
    images
    images

    उता कतारमा पनि इरानी आक्रमणका कारण घाइते हुनेको संख्या बढेको छ । कतारको गृह मन्त्रालयका अनुसार पछिल्लो घटनापछि थप आठ जना घाइते भएका छन् । यससँगै आक्रमण सुरु भएयता घाइते हुनेको कुल संख्या १६ पुगेको जनाइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।