Logo

२०८३, श्रावण ३०गते


images
images

एमाले गाउँकमिटी सचिव सहित १ हजार बढी कांग्रेसमा प्रवेश

एमाले गाउँकमिटी सचिव सहित १ हजार बढी कांग्रेसमा प्रवेश

images
  • एमाले गाउँकमिटी सचिव सहित १ हजार बढी कांग्रेसमा प्रवेश
    images
    images

    रुपन्देही । गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेकपा एमाले रोहिणी गाउँपालिकाका सचिव भोला क्षेत्री (राजाबाबु) सहित एक हजार बढी कांग्रेसमा प्रवेश गराएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १,रुपन्देहीको आयोजनामा धकधईमा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्न आएका गृहमन्त्री खाँणले एमालेका रोहिणी गाउँपालिका कमिटी सचिव क्षेत्री, एमाले रोहिणी गाउँपालिका–३ का अध्यक्ष पवि क्षेत्री, एमाले रोहिणी गाउँपालिका वडा नम्बर ३ का सचिव राजकिशोर त्रिपाठी, सह–सचिव धर्मदेवी प्रजापति, वडा नम्बर २ का सचिव जाहिर खान तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य पार्टी परित्याग गरी आएका करिब एक हजार भन्दा बढीलाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
    FB_IMG_1647132083283.jpg

    सोही कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले जनताको पार्टी कांग्रेस भएको दावी गर्दै अबको निकास कांग्रेसबाहेक अरु कुनै पार्टीले दिन नसक्ने ठोकुवा गरे । लोकतन्त्रलाई संस्थागत गर्न र आमजनताको अधिकार सुनिश्चित गर्न सदैव लागिरहेको तर्क गर्दै गृहमन्त्री खाँणले कांग्रेसमा आउनेको जनलहर चलिरहेको बताए । राष्ट्रियताको पक्षमा सडक र सदनबाट आवाज उठाउने पार्टी भएकै कारण कांग्रेसलाई रुचाइएको समेत उनले विश्वास व्यक्त गरे ।


    फरक प्रसंगमा बोल्दै खाँणले एमसीसी देशका लागी हितकार भएको दावी गरेका छन् । उनले यो परियोजनाले राष्ट्रियता बलियो बनाउने बताउँदै नेपालको विकासमा ठूलो आधारशिला तयार पार्ने जिकिर गरे । नेता खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी पास हुँदैमा नेपालमा बिजुलीको तारबाट अमेरिकाको सेना र गोलाबारुद आउँदैन तर बाहिर बजारमा आएका हल्ला मात्रै भएको र यसमा पुर्ण विश्वास नगर्न आग्रह उनले गरे ।


    एमसीसीकै अंगका रुपमा ब्याख्यात्मक टिप्पणी गरिएको छ । “मुलुक विकासका लागि गरिएको एमसिसि सम्झौता हो । यसमा अरु कुनै मनसाय छैन ।” खाँणले भने । खाँणले नेपाल प्रहरीलाई सरकारले विशेष चासोका साथ हेरेको बताएका छन् । प्रहरीमा बढुवा र सेवासुविधाका हकमा वृद्धि गरिएको बताउँदै मुस्कानसहितको सेवा मात्र नभइ अब सम्मान पनि हुनुपर्ने बताए ।

    कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री अब्दुल रज्जाक, क्षेत्रीय सभापति हिरा बहादुर खत्री लगायतका नेताले बोलेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पार्टी प्रवेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।