Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह : विभिन्न पार्टी परित्याग गरि २०० नेता कार्यकर्ता राप्रपामा प्रवेश !

देवदह : विभिन्न पार्टी परित्याग गरि २०० नेता कार्यकर्ता राप्रपामा प्रवेश !

images
  • देवदह : विभिन्न पार्टी परित्याग गरि २०० नेता कार्यकर्ता राप्रपामा प्रवेश !
    images
    images

    देवदह । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा अन्यत्र जस्तै देवदहमा पनि पार्टी छाड्ने र प्रवेश गर्नेहरूको चहलपहल जारी छ । नगरका वडा-वडा र टोल-टोलमा दिनहुुँ जसो पार्टी प्रवेशका कार्यक्रम हुँदै आएका छन् । 

    images
    images
    images

    सोहि क्रममा शनिबार देवदहमा एक कार्यक्रमबिच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २०० बढी नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरि आफ्नो पार्टी  प्रवेश गरेको बताएको छ । नवप्रवेशीहरूलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदिप कुमार उदयले खादा र अविर लगाएर स्वागत गरेका थिए ।

    images
    images
    images

    उक्त कार्यक्रममा नेकपा (एमाले) निकट युवा संघ रुपन्देहीका जिल्ला सचिवालय सदस्य सालिकराम चापागाईं सहित विभिन्न पार्टी परित्याग गरी २०० जनाको हाराहारीमा युवाहरू राप्रपामा प्रवेश गरेको पार्टीका निवर्तमान केन्द्रिय सदस्य तोयानाथ लम्सालले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले राप्रपाले जनताको एजेन्डा लिएकोले युवाहरूको आकर्षण बढेको बताए । देशको बैकल्पिक शक्तिको रुपमा राप्रपा अघि बढेको उल्लेख गर्दै उनले बेथिति र भ्रष्टाचारको विरोधमा सबै नागरिक एक हुन आह्वान गरे ।

    पार्टी प्रवेशपछी नवप्रवेशीको तर्फबाट बोल्दै युवा नेता चापागाईंले बदलिँदो परिवेशसंगै युवाहरूको मन पनि बदलिएको बताए । जनता दुब्लाउने र नेता मोटाउने व्यवस्थाले देश बिग्रीएको जिकिर गर्दै उनले ७० करोड भ्रष्टाचारको आरोप लाग्दा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीले पुर्वमन्त्री गोकुल बास्कोटालाई आफ्नै घरमा पालेर भ्रष्टाचारलाई प्रसय दिएको आरोप लगाए । नेताहरूले हिन्दु धर्म र राजतन्त्र फालेर भुरे राजा र बिदेशी 'दलाल' जन्माएको उनको भनाइ थियो । सो क्रममा उनले रोष्टमबाटै राजतन्त्र र हिन्दुधर्मको पक्षमा नारा लगाएका थिए ।

    कार्यक्रममा राप्रपा नेताहरू उमा राना, यम बहादुर सुनार, गंगाराम विक, शेषकान्त न्यौपाने, गोविन्द खरेल, ख्यामनारायण ढकाल, दूध बहादुर गुरुङ, कृष्ण तिवारी, यज्ञ तिवारी, माधव रिमाल, राजकुमार श्रेष्ठ, अर्जुन थापा, दिपु राना, पारस अधिकारी, भुमा गौतम लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।