Logo

२०८३, आश्विन १७गते


images
images

प्रतिनिधिसभा निर्वाचन

काँग्रेस सबैभन्दा ठूलो बन्ने उपसभापति शर्माको दाबी

काँग्रेस सबैभन्दा ठूलो बन्ने उपसभापति शर्माको दाबी

images
  • काँग्रेस सबैभन्दा ठूलो बन्ने उपसभापति शर्माको दाबी
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनपछि काँग्रेस सबैभन्दा ठूलो बन्ने दाबी गरेका छन् ।

    images
    images
    images

    सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले चुनावका क्रममा देखिएको माहोलबाट काँग्रेस सबै भन्दा ठुलो दल बन्ने दाबी गरेका हुन् ।

    images
    images
    images

    छोटो समयमा काँग्रेसले आफ्ना कुरा मतदाता समक्ष राखेको र पार्टीका नेता कार्यकर्ता र मतदातामा बदलिएको काँग्रेस बारे विशेष उत्साह देखिएको उनले बताए । 

    images
    images
    images

    साथै उनले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली कांग्रेस पहिलो शक्ति बताए । उनले भने- 'काँग्रेसले विगतमा भन्दा तुलनात्मक रुपले आफुलाई व्यवस्थित रुपमा अगाडी सारेको र त्यसको परिणामको रुपमा निर्वाचनमा देखिदैछ । काँग्रेसमा देखिएको उर्जा, पार्टीप्रति देखिएको विश्वास, उम्मेदवार दर्तादेखि वडा तह, पालिका तह र केन्द्रदेखि हजारौंको संख्यामा प्रवेश गरेकोबाट काँग्रेस अहिलेको विषम परिस्थितिमा सम्हाल्न सक्ने अवस्थामा पुगेको छ ।'

    उपसभापति शर्माले सबै दललाई चुनावलाई स्वस्थ र भयरहित वातावरणमा सम्पन्न गराउन आग्रह गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।