काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक मुक्त नारायण श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
श्रोतका अनुसार, मुक्त नारायण श्रेष्ठले आफ्नो पदोन्नतिका लागि पेश गरेका शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको उजुरी आएको थियो । उनले नेपाल प्रहरी सेवामा प्रहरी सहायक निरीक्षकको पदमा बढुवा पाउन दिल्ली, भारतस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी प्रमाणपत्रहरू झूट्टा र नक्कली पेश गरेको आयोगको अनुसन्धानले देखाएको छ ।
यसरी पद प्राप्त गरी नेपाल सरकारबाट निवृत्त भरणसहितको हैसियत, लाभ र सुविधा लिइसकेको हुनाले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology