Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायकविरुद्ध मुद्धा दायर

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायकविरुद्ध मुद्धा दायर

images
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्राविधिक सहायकविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका प्राविधिक सहायकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    विभागमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरीले उद्योग नवीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको भन्ने उजुरीपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा चौधरीले खाद्य उद्योग अनुमति पत्र नवीकरण गर्ने काम गरिदिने भन्दै विभिन्न बहाना बनाएर सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस मागी लिएको पुष्टि भएको आयोगले जनाएको छ । सोही रकम लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको थियो ।

    images
    images
    images

    अख्तियारका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनलाई बिगो ३० हजार रुपैयाँ कायम गरी कैद र जरिवानाको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।