Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

युएइमा इरानको लगातार आक्रमण : अबु धाबीमा एक जनाको मृत्यु

युएइमा इरानको लगातार आक्रमण : अबु धाबीमा एक जनाको मृत्यु

images
  • युएइमा इरानको लगातार आक्रमण : अबु धाबीमा एक जनाको मृत्यु
    images
    images

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा इरानले प्रहार गरेको क्षेप्यास्त्र खस्दा एक जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    अबु धाबी सञ्चार कार्यालयका अनुसार अल बहयान क्षेत्रमा एउटा गाडीमाथि क्षेप्यास्त्र खसेको हो । घटनामा एक जनाको ज्यान गएको र मृतक प्यालेस्टिनी नागरिक रहेको पहिचान भएको जनाइएको छ ।

    images
    images
    images

    घटनापछि सम्बन्धित निकायले अवस्था बुझ्ने र आवश्यक अनुसन्धान गर्ने काम सुरु गरेको बताएका छन् ।

    images
    images
    images

    यसैबीच दुबईमा सोमबार बिहान अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी भएको देखिएको छ । त्यहाँ इन्धन भण्डारण गरिएको ट्याङ्कीलाई निशाना बनाइएको बताइएको छ, जसका कारण आकाशमा धुवाँको ठूलो मुस्लो उठेको देखिएको थियो ।

    युएईको रक्षा मन्त्रालयले हाल देशको हवाई सुरक्षा प्रणालीले इरानतर्फबाट आउने क्षेप्यास्त्र र चालकविहीन उड्ने साधनको सम्भावित जोखिम सामना गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # युएइ
  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।