Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

इरानले दियो बेलायतलाई यस्तो चेतावनी

इरानले दियो बेलायतलाई यस्तो चेतावनी

images
  • इरानले दियो बेलायतलाई यस्तो चेतावनी
    images
    images

    काठमाडौँ । ईरानले अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिए आक्रमणमा सहभागी मानिने भन्दै बेलायतलाई चेतावनी दिएको छ ।

    images
    images
    images

    ईरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायतकी विदेशमन्त्री इभेट कूपरसँग टेलिफोन वार्ताका क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले बेलायतले अमेरिकाालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिए त्यसलाई ईरानविरुद्धको आक्रमणमा प्रत्यक्ष सहभागिता मानिने बताएका छन् ।

    images
    images
    images

    अराघचीले अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय नियम र सिद्धान्त विपरीत ईरानमाथि आक्रमण गरेको आरोप लगाए । साथै उनले बेलायतसहित केही युरोपेली देशहरूको धारणा पक्षपाती रहेको टिप्पणी गरे ।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ उल्लेख गर्दै उनले ईरानलाई आत्मरक्षाको अधिकार रहेको बताए । उनका अनुसार ईरानले छिमेकी देशहरूको सार्वभौमिकताको सम्मान गर्दै आएको छ र उनीहरूमाथि आक्रमण गर्ने कुनै उद्देश्य नरहेको स्पष्ट पारे ।

    तर ती देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाबाट ईरानमाथि आक्रमण भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इरान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।