Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

नाटो देशहरुप्रति ट्रम्पको कटाक्ष : महंगीको गुनासो गर्छन् तर सहयोग गर्दैनन्

नाटो देशहरुप्रति ट्रम्पको कटाक्ष : महंगीको गुनासो गर्छन् तर सहयोग गर्दैनन्

images
  • नाटो देशहरुप्रति ट्रम्पको कटाक्ष : महंगीको गुनासो गर्छन् तर सहयोग गर्दैनन्
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटो सदस्य देशहरूमाथि सहयोग नगरेको भन्दै आलोचना गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमार्फत उनले नाटो देशहरूले तेलको मूल्यवृद्धिको गुनासो मात्र गर्ने तर होर्मुज जलडमरूमध्य खुलाउन सहयोग नगर्ने बताएका छन् । उनले सबै देशले मिलेर समुद्री मार्गको सुरक्षा जिम्मेवारी लिनुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    ट्रम्पले पछिल्लो एक सातादेखि विभिन्न देशहरूसँग सहयोग माग्दै दबाब बढाइरहेका छन् । अमेरिकाले अब एक्लैले जिम्मेवारी नलिई अन्य देशले पनि साथ दिनुपर्ने धारणा राखेको छ ।

    images
    images
    images

    यसैबीच रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले इरानलाई समर्थन जनाएका छन् । फारसी नयाँ वर्षको अवसरमा सन्देश दिँदै उनले रूस इरानको भरपर्दो साझेदारका रूपमा साथमा रहने बताएका छन् ।

    रूसले अमेरिका र इजरायलका हमलाका कारण मध्यपूर्वको अवस्था थप जटिल बनेको र यसको प्रभाव विश्व ऊर्जा बजारमा परेको पनि जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नाटो
  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।