Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपमा आज दुई खेल हुदै

पीएम कपमा आज दुई खेल हुदै

images
  • पीएम कपमा आज दुई खेल हुदै
    images
    images

    काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबबीच तल्लो मुलपानी मैदानमा तथा बागमती प्रदेश र एपीएफविरुद्ध माथिल्लो मुलपानी मैदानमा हुने तालिका रहेको छ ।

    images
    images
    images

    एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

    images
    images
    images

    यसअघि शनिबार पहिलो दिन कोशी र मधेश प्रदेश तथा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका दुवै खेल हुन नसकेपछि खेल रद्ध भएका थिए ।

    images
    images
    images

    प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

    ‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् ।

    पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन्  । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

    एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।