Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

होर्मुज खोल्न नदिए इरानको उर्जा केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

होर्मुज खोल्न नदिए इरानको उर्जा केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी

images
  • होर्मुज खोल्न नदिए इरानको उर्जा केन्द्रमा आक्रमण गर्ने ट्रम्पको चेतावनी
    images
    images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका छन् । उनले ४८ घण्टाभित्र होर्मुज जलडमरूलाई पूर्ण रूपमा सुरक्षित र खुला नगरिएमा इरानका विद्युत् केन्द्रहरूमा आक्रमण गर्ने बताएका छन् ।

    images
    images
    images

    ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सन्देश दिँदै तोकिएको समयभित्र मार्ग नखुले अमेरिकाले इरानका विभिन्न विद्युत् केन्द्रलाई निशाना बनाउने र सबैभन्दा ठूलो केन्द्रबाट आक्रमण सुरु गरिने चेतावनी दिएका हुन् ।

    images
    images
    images

    यसैबीच इरानले पनि कडा प्रतिक्रिया दिएको छ । इरानी सेनाले आफ्ना विद्युत् केन्द्रमा आक्रमण भए मध्यपूर्व क्षेत्रमा अमेरिका र इजरायलसँग सम्बन्धित ऊर्जा संरचनामाथि प्रतिकार गर्ने चेतावनी दिएको हो ।

    images
    images
    images

    इरानको खातम अल अनबिया केन्द्रीय कमाण्डका प्रवक्ता इब्राहिम जुल्फाघारीले समुद्री पानीलाई मीठो बनाउने प्लान्ट र सूचना प्रविधि संरचनासमेत निशानामा पर्ने बताएका छन् ।

    अहिलेसम्म भने विश्व अर्थतन्त्रमा असर पर्ने चिन्ताका कारण अमेरिकाले इरानका ऊर्जा संरचनामाथि प्रत्यक्ष आक्रमण गर्नबाट जोगिँदै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।