Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुवात

पीएम कपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुवात

images
  • पीएम कपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुवात
    images
    images

    काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २२ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

    images
    images
    images

    त्रिभुवन आर्मीले दिएको २४४ रनको लक्ष्य पछाएको पुलिस क्लबले ४५.३ ओभरमा अल आउट हुदै २२१ रन बनाएको थियो ।

    images
    images
    images

    पुलिसका लागि रशिद खानले सर्बाधिक ६० रन बनाएका थिए भने शंकर रानाले ४६, कप्तान आरिफ सेखले ३८ र करण केसीले २३ रन बनाएका थिए । त्यसैगरी आर्मीका बलर नरेन साउदले ३ विकेट लिए भने आकश चन्दले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि बर्षाले प्रभावित भएपछि ४७-४७ ओभर खेलिएको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको आर्मीले ४७ ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । आर्मीका लागि बसिर अहमदले शतकीय पारी खेलेका थिए । बसिरले ८६ बलमा १०० रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्कीले ६२ रन बनाएका थिए ।

    त्यसैगरी पुलिस क्लबका बलर सर्वन यादवले ३ विकेट लिए भने सागर ढकाल र रशिद खानले २-२ विकेट लिए ।

    अब त्रिभुवन आर्मीले अर्को खेल विहिबार गण्डकी प्रदेशसँग खेल्ने छ भने नेपाल पुलिस क्लबले अर्को खेल मंगलबार एपीएफसँग खेल्ने तालिका रहेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।