Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपमा एपीएफमाथि पुलिस क्लबको फराकिलो जित

पीएम कपमा एपीएफमाथि पुलिस क्लबको फराकिलो जित

images
  • पीएम कपमा एपीएफमाथि पुलिस क्लबको फराकिलो जित
    images
    images

    काठमाडौँ । जारी पीएम कप अन्तर्गत नेपाली पुलिस क्लबले एपीएफ क्लबलाई फराकिलो अन्तरले पराजित गरको छ ।

    images
    images
    images

    मंगलबार सम्पन्न खेलमा पुलिस क्लबले एपीएफलाई १८५ रन अन्तरले पराजित गरेको हो ।

    images
    images
    images

    पुलिस क्लबले दिएको ३५६ रनको विशाल लक्ष्य पछाएको एपीएफले ४४ ओभरमा अल आउट हुदै १७० रन मात्र बनाएको थियो । एपीएफका लागि नन्दन यादवले सर्बाधिक ४४, कमल सिंह ऐरीले ३५ र सन्दीप जोराले २४ रन बनाएका थिए ।त्यस्तै नेपाल पुलिस क्लबका ललित राजबंशीले ३ विकेट लिए भने करण केसी, रशिद खान र दिनेश खरेलले २-२ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको थियो ।

    पुलिस क्लबका लागि शंकर रानाले सर्बाधिक ६१ रन बनाएका थिए भने दिनेश खरेलले ६०, दिलसाद अलीले ५१, आरिफ सेखले ५०, रशिद खानले ४४, अमित श्रेष्ठले ३९ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अमर राउतेलाले २-२ विकेट लिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।