काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय सदस्यहरुले बोल्नेक्रम नसकिएकाले बैठक बुधबार बिहान ११ बजे फेरि बस्नेगरी स्थगित भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन् ।
प्रवक्ता चालिसेका अनुसार हिजोको बैठकमा २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।
बैठकमा १५औँ नियमित महाधिवेशन तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ संघ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए ।
मंगलवारको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४, २५ र २६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology