काठमाडौं । इरानका दुई ग्यास संयन्त्र र एक पाइपलाइनलाई लक्षित गरी हमला भएको दाबी गगरिएको छ ।
इरानी सञ्चारमाध्यम फार्स न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा पूर्वाधारमा हमला नगर्न निर्देशन दिएको केही समयपछि यस्तो घटना भएको बताइएको छ ।
फार्सका अनुसार इस्फहानस्थित कावेह स्ट्रिटमा रहेको ग्यास प्रशासन भवन र ग्यास प्रेसर रेगुलेसन स्टेसनलाई इजरायली र अमेरिकी पक्षबाट निशाना बनाइएको हो ।
केन्द्रीय इरानमा रहेका यी संरचनामा सामान्य क्षति पुगेको जानकारी दिने फार्स मात्र एकमात्र सञ्चारमाध्यम हो ।
यसबाहेक दक्षिण-पश्चिमी इरानको खोर्रमशहर पावर प्लान्टसँग जोडिएको ग्यास पाइपलाइनलाई पनि लक्षित गरी हमला गरिएको दाबी गरिएको छ ।
इराक सीमासँग जोडिएको उक्त सहरका गभर्नरलाई उद्धृत गर्दै फार्सले जनाएअनुसार ग्यास पाइपलाइन प्रोसेसिङ स्टेसन बाहिरको क्षेत्रमा एक प्रोजेक्टाइल खसेको थियो । यद्यपि, उक्त घटनाबाट प्लान्टको सञ्चालनमा कुनै अवरोध नआएको र ठूलो क्षति नभएको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology