Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

लुम्बिनीविरुद्ध सुदूरपश्चिम १२ रनले विजयी

लुम्बिनीविरुद्ध सुदूरपश्चिम १२ रनले विजयी

images
  • लुम्बिनीविरुद्ध सुदूरपश्चिम १२ रनले विजयी
    images
    images

    काठमाडौँ । जारी पीएम कप अन्तर्गत सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । सोमबार पर्सामा सम्पन्न खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई १२ रनले पराजित गरेको हो ।

    images
    images
    images

    सुदूरपश्चिमले दिएको १६९ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४०.२ ओभरमा अल आउट हुदै १५६ रन बनाएको थियो । लुम्बिनीका लागि सन्तोष यादवले ६७ रन बनाए भने ध्रुव सुनारले ३६ रन बनाएका थिए ।

    images
    images
    images

    त्यस्तै सुदूरपश्चिमका बलर खड्क बोहोरा र शेर मल्लले ३-३ विकेट लिएका थिए भने हेमन्त धामीले २ विकेट लिएका थिए ।

    images
    images
    images

    यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ४५.४ ओभरमा अल आउट हुदै १६८ रन बनाएको थियो । सुदूरपश्चिमका लागि दिपक बोहोराले ३० र हेमन्त धामीले २९ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर सन्तोस यादव र अजय चौहानले ४-४ विकेट लिएका थिए ।

    यो जितपछि सुदूरपश्चिम ४ खेलमा ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने लुम्बिनीको ४ खेलमा ३ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।