Logo

२०८३, आश्विन १७गते


images
images

अपराध

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राजकुमार अर्याल पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राजकुमार अर्याल पक्राउ

images
  • सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राजकुमार अर्याल पक्राउ
    images
    images

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्याल पक्राउ परेका छन् ।

    images
    images
    images

    अर्याललाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) ले जानकारी दिएको छ । 

    images
    images
    images

     कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँटसम्बन्धी कागजातमा अनियमितता देखिएको आरोपमा अर्याललाई पक्राउ गरिएको सिआईले जनाएको छ ।

    images
    images
    images

    नियामक निकायलाई पेश गरिएका सक्कल आवेदन र प्रतिलिपिबीच विवरण फरक देखिएपछि अनुसन्धान अघि बढाइएको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदनका आधारमा धितोपत्र ऐनको दफा १०० विपरीत कसूर भएको देखिएको जनाइएको छ ।

    जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति लिएपछि अर्याललाई काठमाडौँ महानगरपालिका–२९ पुतलीसडकस्थित न्यूप्लाजाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सन नेपाल
  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।