Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

कर्णालीमाथि एपीएफको १० विकेटको जित

कर्णालीमाथि एपीएफको १० विकेटको जित

images
  • कर्णालीमाथि एपीएफको १० विकेटको जित
    images
    images

    काठमाडौँ । एपीएफले जारी पीएम कप अन्तर्गत कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिबार जनकपुरमा सम्पन्न खेलमा एपीएफले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गरेको हो । 

    images
    images
    images

    कर्णालीले दिएको १०८ रनको लक्ष्य पछाएको एपीएफले १२ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो । 

    images
    images
    images

    एपीएफको जितमा आसिफ सेखले अविजित ६५ र दिपक बोहराले अविजित ४२ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको कर्णालीले ३६ ओभरमा अल आउट हुदै १०७ रन बनाएको थियो ।  कर्णालीका लागि अर्जुन घर्तिले ३८, दिपेन्द्र रावतले २५ र रविन्द्र शाहीले १८ रन बनाएका थिए ।  त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अभिषेक गौतमले ४-४ विकेट लिएका थिए । 

    images
    images
    images

    यो जितपछि एपीएफको ६ खेलमा ५ अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ ।  त्यस्तै कर्णालीको भने ६ खेलमा ३ अंक मात्र रहेको छ र हाल आठौं स्थानमा छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।