Logo

२०८३, श्रावण ३०गते


images
images

पीएम कप

पीएम कपमा एपीएफ र आर्मी विजयी

पीएम कपमा एपीएफ र आर्मी विजयी

images
  • पीएम कपमा एपीएफ र आर्मी विजयी
    images
    images

    काठमाडौँ । पीएम कप अन्तर्गत एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । 

    images
    images
    images

    सोमबार जनकपुरमा सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले पराजित गरेको हो । एपीएफले दिएको २६० रनको लक्ष्यपछाएको सुदूरपश्चिम प्रदेशले ४६.३ ओभरमा अल आउट हुदै २१४ रन बनाएपछि एपीएफ ४५ रनले विजयी भएको हो । यसअघि एपीएफले पहिला ब्याटिंग गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २५९ रन बनाएको थियो ।

    images
    images
    images

    यो जितपछि एपीएफको ७ खेलमा ७ अंक भएको छ र छैटौं स्थानमा रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको ७ खेलमा १० अंक रहेको छ र दोस्रो स्थानमा झरेको छ ।

    images
    images
    images

    त्यस्तै आजै पर्सामा सम्पन्न अर्को खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई १३८ रनले पराजित गरेको छ । आर्मीले दिएको २६९ रनको लक्ष्य पछाएको कर्णालीले ४२.१ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो । यस अघि पहिला ब्याटिंग गरेको आर्मीले अर्जुन साउदको १२१ रनको शतकीय पारीको सहयोगले ४८ ओभरमा अल आउट हुदै २६८ रन बनाएको थियो ।

    यो जितपछि त्रिभुवन आर्मी क्लब ६ खेलमा ११ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कर्णाली प्रदेशको भने ७ खेलमा ३ अंक रहेको छ र नवौं स्थानमा छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पीएम कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।