Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्धा दायर

घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्धा दायर

images
  • घुससहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृतविरुद्ध मुद्धा दायर
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    आयोगका अनुसार दाहालले विभिन्न आपूर्तिकर्ता कम्पनी र ठेकेदारको बिल भुक्तानी गर्दा घुस लिने गरेको उजुरी परेपछि अनुसन्धान सुरु गरिएको थियो। सोही आधारमा टंगालस्थित आयोगको टोलीले उनलाई १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

    images
    images
    images

    अनुसन्धानका क्रममा दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने प्रक्रियामा गैरकानुनी लाभ लिन योजनाबद्ध रूपमा विभिन्न कम्पनीका प्रतिनिधिसँग मोलमोलाइ गरी घुस लिएको खुलेको छ । सेवाग्राहीबाट ९३ हजार ८५० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ ।

    images
    images
    images

    उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर हुने भन्दै आयोगले सोही रकम बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।