Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

वैदेशिक रोजगार विभागका नासु घुस रकमसहित पक्राउ

वैदेशिक रोजगार विभागका नासु घुस रकमसहित पक्राउ

images
  • वैदेशिक रोजगार विभागका नासु घुस रकमसहित पक्राउ
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग ताहाचलका एक कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    आयोगका अनुसार अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेमबहादुर मस्राङगीले सेवाग्राहीसँग वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस मागेको उजुरीपछि कारबाही गरिएको हो ।

    images
    images
    images

    टंगालबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ । सो क्रममा स्रोत नखुलेको ७७ हजार ६ सय रुपैयाँसमेत बरामद गरिएको छ ।

    images
    images
    images

    मस्राङगीबाट कुल ९२ हजार ६ सय रुपैयाँ नगद र तीन थान मोबाइल बरामद गरिएको आयोगले जनाएको छ । उनीलाई कार्यालय परिसरबाटै शुक्रबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।