देवदह । सकारात्मक सोचले नेतृत्वका लागि सकारात्मक उर्जा भर्ने काम गर्छ । उर्जावान् नेतृत्वले सहि दृष्टिकोण निर्माण गर्छ र त्यसले विकासको मार्ग कोर्नको लागि मद्धत गर्छ । पछिल्लो समय देवदहमा सकारात्मक सोच विकासका लागि प्रशिक्षणमूलक कार्यक्रमले तीव्रता पाएका छन् ।
यसैक्रममा शनिवार देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले अभिभावकहरूलाई असल अभिभावकत्व र सकारात्मक सोच सम्बन्धी प्रशिक्षण दियो ।
नयाँ शैक्षिक सत्रको पुर्वार्धमा विद्यालयले आयोजना गरेको प्रशिक्षणमा पाँच सय ५० जना अभिभावक सहभागी भएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा प्रसिद्ध प्रशिक्षक तथा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी अभिभावकलाई प्रशिक्षित गरे । उनले अभिभावकलाई बालबालिका प्रतीको अभिभावकीय दायित्व, दैनिक जीवनमा गर्ने व्यवहार र शिक्षाको महत्व बारे प्रकाश पारे ।
कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडा अध्यक्ष गणेश डुम्रे, विद्यालयका अध्यक्ष सुभकान्त न्यौपाने, विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद गैरे, देवदह आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख जयकिसन अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रशिक्षणको औपचारिक समारोहमा विद्यालयका कक्षा ११-१२ इन्चार्ज अनन्तराम भण्डारीको संचालन रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology