Logo

२०८३, आश्विन ९गते


images
images

देवदह बुद्ध पब्लिक स्कुलमा राखी बनाउने प्रतियोगिता

देवदह बुद्ध पब्लिक स्कुलमा राखी बनाउने प्रतियोगिता

images
  • देवदह बुद्ध पब्लिक स्कुलमा राखी बनाउने प्रतियोगिता
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक स्कुलले जनैपूर्णिमा–२०८३ को अवसर पारेर विद्यार्थीहरूको सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले राखी बनाउने प्रतियोगिता सम्पन्न गरेको जनाएको छ ।

    images
    images
    images

    विद्यालयको कक्षा १०+२ इन्चार्ज अनन्तराम भण्डारीको संयोजनमा आयोजित प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images

    प्रतियोगितापछि आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी यस्ता कार्यक्रममार्फत व्यवहारिक तथा सांस्कृतिक ज्ञानसमेत प्रदान गर्दै आएको बताए । राखी बनाउने प्रतियोगिता कलासँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेकाले विद्यार्थीमा रहेको प्रतिभा र कलात्मक क्षमतालाई निखार्न यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

    images
    images
    images

    प्रतियोगितामा १०+२ तर्फ २१ समूहको सहभागिता रहेको थियो ।

    प्रतियोगितामा कक्षा ११ ‘ग’ का नन्दिता रोका, शिला रेश्मी, सृष्टि खराल र रोमी सोमारेको समूह प्रथम भएको छ । कक्षा १२ ‘ब’ का सुशन भण्डारी, आशिम राना, रमेशबहादुर सार्की र गौरव खत्रीको समूह द्वितीय भएको छ भने कक्षा ११ ‘ब’ का कृतिका राना, शिक्षा थापा र श्रिया थापाको समूह तृतीय भएको छ ।

    प्रतियोगिताको सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ, मावि इन्चार्ज मुक्ति विश्वकर्मा, सीता लामिछाने, बलराम ज्ञवाली, प्रेमबहादुर खड्का, अस्मिता गुरुङ, मनमाया रुचाललगायतले अवलोकन गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।