देवदह । गणतन्त्र दिवसको अवसरमा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय मा कक्षा १ देखि ९ सम्मका विद्यार्थीबीच फरक–फरक शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको वार्षिक क्यालेण्डरअनुसार विद्यार्थीमा रहेको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने तथा साहित्यमार्फत लेखन सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा आयोजित प्रतियोगिता प्रा.वि., नि.मा.वि. र मा.वि. तहगत रूपमा सञ्चालन गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ, कक्षा १२ इन्चार्ज अनन्तराम भण्डारी, मा.वि. इन्चार्ज मुक्तिलाल विश्वकर्मा, नि.मा.वि. इन्चार्ज अञ्जना वली, प्रा.वि. इन्चार्ज अस्मिता गुरुङ तथा पूर्व प्रा.वि. इन्चार्ज मनमाया रुचाललगायत शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो ।
किताबी ज्ञानका अतिरिक्त यस्ता कार्यक्रमले सिर्जनात्मक क्षमता विकासमा सहयोग पुग्ने सहभागी विद्यार्थीले बताएका छन् ।
प्रतियोगिताको नतिजा सार्वजनिक भएपछि सोमबारको बिहानी प्रार्थना सभामा विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिने अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology