देवदह । भोटेकोशी बाढी प्रभावित नागरिकको राहतका लागि देवदह बुद्ध पब्लिक फाउन्डेसनले २ लाख ९० हजार ९ सय २७ रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनद्वारा सञ्चालित देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय र बुद्ध पब्लिक मन्टेश्वरीले संकलन गरेको रकम प्याब्सन र हिसानमार्फत प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
शिक्षक तथा कर्मचारीको एक दिनको तलब, विद्यार्थीहरूको स्वेच्छिक सहयोग र विद्यालयको कोषबाट सहयोग गरिएको विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले बताए ।
संकलित रकममध्ये देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयबाट २ लाख ३६ हजार १ सय ९२ रुपैयाँ र बुद्ध पब्लिक मन्टेश्वरीबाट ५४ हजार ७ सय ३५ रुपैयाँ जम्मा भएको हो ।
बाढी प्रभावित नागरिकको उद्धार र राहतको लागि देशैभरीबाट सहयोग संकलन भइरहेको छ । सोहि अन्तर्गत देवदहका विभिन्न संघसंस्था तथा संस्थागत र सामुदायिक विद्यालयहरुले समेत प्रधानमन्त्री कोषमा रकम जम्मा गरेका छन् । देवदहका उल्लेखित संस्थामध्ये बुद्ध पब्लिकको सहयोग रकम हालसम्मकै उच्च हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology