Logo

२०८३, कार्तिक २१गते


images
images

देवदह बुद्ध पब्लिकमा रङ्गौली प्रतियोगिता र भाइटीका विशेष कार्यक्रम

देवदह बुद्ध पब्लिकमा रङ्गौली प्रतियोगिता र भाइटीका विशेष कार्यक्रम

images
  • देवदह बुद्ध पब्लिकमा रङ्गौली प्रतियोगिता र भाइटीका विशेष कार्यक्रम
    images

    देवदह । शुभ दीपावलीको अवसरमा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयमा रङ्गौली प्रतियोगिता तथा पूर्वप्राथमिक तहका विद्यार्थीका लागि भाइटीका विशेष कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीको संयोजनमा आयोजित रङ्गौली प्रतियोगितामा कक्षा ७ देखि १० सम्मका २७ समूहको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यालयका प्रिन्सिपल, तहगत इन्चार्ज तथा शिक्षक–शिक्षिकाको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    प्रतियोगिता सुरु हुनुअघि आयोजित औपचारिक कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै संस्कार र संस्कृतिलाई पनि प्राथमिकता दिँदै विद्यार्थीलाई व्यवहारिक तथा सिर्जनात्मक ज्ञान प्रदान गर्दै आएको बताए ।

    images
    images

    सात रङको संयोजनमार्फत आफ्ना सिर्जनात्मक कला प्रस्तुत गर्न पाउँदा विद्यार्थी उत्साहित देखिएका थिए । त्यस्तै, सहपाठीसँगै भाइटीका विशेष कार्यक्रममा सहभागी पूर्वप्राथमिक तहका बालबालिका पनि रमाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।