Logo

२०८३, आश्विन १७गते


images
images

समाचार

काँग्रेसले भन्यो- सुकुम्बासी समस्याको दीर्घकालीन समाधान विधिको शासनको पालना गर्दै खोजौं

काँग्रेसले भन्यो- सुकुम्बासी समस्याको दीर्घकालीन समाधान विधिको शासनको पालना गर्दै खोजौं

images
  • काँग्रेसले भन्यो- सुकुम्बासी समस्याको दीर्घकालीन समाधान विधिको शासनको पालना गर्दै खोजौं
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानप्रति सबै राजनीतिक दल प्रतिबद्ध रहेको भन्दै यसको समाधान विधिको शासनको पूर्ण पालना गर्दै खोजिनुपर्ने जनाएको छ।

    images
    images
    images

    शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सुकुम्बासी समस्या कुनै एक दल वा समूहको मात्र नभई समग्र राष्ट्रको साझा समस्या भएको उल्लेख गर्दै आफ्नो प्रतिज्ञापत्रमार्फत यस विषयमा स्पष्ट दृष्टिकोण र समाधानका आधार सार्वजनिक गरिसकेको बताएको छ ।

    images
    images
    images

    कांग्रेसले सम्मानित अदालतका आदेश र विगतका संसदीय समितिका निर्णयलाई मार्गदर्शक मानेर सरकार अघि बढ्नुपर्ने धारणा राखेको छ। बल प्रयोगभन्दा अघि विवेकपूर्ण, न्यायोचित र मानवीय उपाय अपनाउन आवश्यक रहेको पार्टीको भनाइ छ।

    images
    images
    images

    सबैभन्दा पहिले वास्तविक सुकुम्बासी को हुन् र को होइनन् भन्ने स्पष्ट पहिचान सुनिश्चित गर्नुपर्ने कांग्रेसले जनाएको छ। वास्तविक सुकुम्बासीलाई जमिन र आवास उपलब्ध गराउनु केवल नीतिगत दायित्व मात्र नभई उनीहरूको मौलिक अधिकारको संरक्षणसँग जोडिएको संवैधानिक कर्तव्य भएको पार्टीको ठहर छ।

    यसपछि मात्रै सुकुम्बासीको नाममा गलत फाइदा लिनेहरूमाथि कानुनअनुसार कारबाही गर्ने बाटो खुल्ने कांग्रेसले उल्लेख गरेको छ।

    नेपाली कांग्रेसले आफ्नो दायित्व पूरा नगरी बल प्रयोगमार्फत समस्या समाधान खोज्नु शासन सञ्चालनको अपरिपक्व र अविवेकी शैली भएको भन्दै सरकारलाई संवेदनशीलता, कानुनी आधार र न्यायपूर्ण दृष्टिकोणका साथ दिगो समाधानतर्फ अघि बढ्न आग्रह गरेको छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कांग्रेस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।