लुम्बिनी । बैसाख १८ गते परेको २५७० औ बुद्ध जयन्तीको तयारी पुरा भएको छ । लुम्बिनी विकास कोषले बुधबार पत्रकार सम्मेलन गरेर तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले बुद्ध जयन्तीको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनले लुम्बिनी सम्पूर्ण मानव जगतको साझा स्थल भएको उल्लेख गर्दै बुद्ध जयन्ती पनि सबैको साझा भएको बताए ।
लुम्बिनी विकास कोषका सदस्य सचिव दिपक श्रेष्ठले बुद्ध जयन्तीमा सबैलाई स्वागत गर्न विकास कोष तयार रहेको बताए ।
प्रधानमन्त्री आउने कार्यक्रम रद्ध
प्रधानमन्त्री बालेन्द्र साहको प्रमुख आतिथ्यतामा बुद्धजन्यती समारोहमा हुने तय भएको भए पनि अन्तिम समयमा रद्ध भएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उनी नआउने निश्चित भएको हो ।
प्रधानमन्त्री नआउने भएपछि सभामुख डिपी अर्याललाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्ने निधो भएको स्रोतले जनाएको छ ।
विगतका वर्षहरूमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले बुद्ध जयन्तीमा सहभागी भई औपचारिक सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो । तर यस पटकको कार्यक्रम तालिकामा प्रधानमन्त्रीको आए पनि भाषण समावेश गरिएको थिएन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology