लुम्बिनी । बुद्ध जयन्तीको मूल समारोहमा लम्बेतान भाषण गर्ने परम्परालाई तोड्दै २५७० औ बुद्ध जयन्ती मायाँ देवी मन्दिरमा ध्यान तथा पुजा गरेर मनाइएको छ । प्रधानमन्त्री बालेन्द्र शाह आउने तय भए पनि अन्तिम समयमा आउन नसक्ने बताएपछि प्रतिनिधि सभाका सभामुख डोर प्रसाद अर्याललाई प्रमुख अतिथि बनाइएको हो । सभामुख अर्यालसहित लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका संस्कृति पर्यटन तथा नारिक उड्ययन मन्त्री खड्ग राज पौडेल, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्ण बहादुर घर्ती मगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने,संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदास र रुपन्देहीबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदहरु, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका उच्च अधिकारीहरुको सभागिता रहेको कार्यक्रममा थेरवाद, महायान र बज्रयानका ३२४ जना भिक्षु, लामा, गुरु गुरुमाहरुले धर्मपाठ गरेको थिए ।
मायाँदेवी परिसरमा कार्यक्रम गर्ने तयारी भएको भए पनि बर्षातका कारण मायादेवी भित्रै कार्यक्रम गरिएको लुम्बिनी विकास कोष स्रोतले जनाएको छ । लुम्बिनीको इतिहासमै पहिलो पटक मन्दिरमा पुजा पाठ गरेर बुद्ध जयन्ती मनाइएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology