Logo

२०८३, आश्विन १०गते


images
images

अन्तर्राष्ट्रिय

ट्रम्प मे महिनामा चीन भ्रमणमा जादै

ट्रम्प मे महिनामा चीन भ्रमणमा जादै

images
  • ट्रम्प मे महिनामा चीन भ्रमणमा जादै
    images
    images

    काठमाडौँ । मध्यपूर्वमा जारी तनावका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँग उनको भेटवार्ता मे १४ र १५ मा हुने तय भएको छ ।

    images
    images
    images

    रिपोर्टका अनुसार इरानसँगको लामो संघर्षका कारण चीनले वार्तामा आफ्नो स्थिति केही बलियो भएको आँकलन गरेको छ । यसअघि अप्रिलमा हुने भनिएको ट्रम्प-जिनपिङ भेट युद्धका कारण स्थगित भएको थियो ।

    images
    images
    images

    चीनले यो भेटलाई निकै महत्वपूर्ण अवसरका रूपमा लिएको छ । यसबाट विश्वका दुई ठूला शक्तिबीच दीर्घकालीन स्थिर सम्बन्ध निर्माण हुने अपेक्षा गरिएको छ । तर चीनभित्रै यस विषयमा फरक-फरक धारणा रहेका छन् र जटिल अवस्थाबीच कसरी अघि बढ्ने भन्नेमा स्पष्टता नभएको बताइएको छ । विशेष गरी हर्मुज क्षेत्रलाई लिएर चीन चिन्तित देखिएको छ, जहाँबाट उसले करिब एक तिहाइ तेल तथा ग्यास आपूर्ति गर्छ। यो मार्ग अवरुद्ध भए ट्रम्पको भ्रमणमा समेत प्रभाव पर्न सक्ने आकलन गरिएको छ।

    images
    images
    images

    ट्रम्पको भ्रमण सामान्य नभएको र यसको प्रभाव विश्व राजनीतिमा दीर्घकालीन हुन सक्ने विश्लेषण समेत गरिएको छ । यो भ्रमणको सफलता वा असफलताले भविष्यमा चीन-अमेरिका सम्बन्धको दिशा तय गर्नेछ, चाहे अमेरिकामा जुनसुकै दलको सरकार किन नआओस् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ट्रम्प
  • # चीन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।