Logo

२०८३, श्रावण ३१गते


images
images

समाचार

दाङ र जुम्लाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङ र जुम्लाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

images
  • दाङ र जुम्लाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
    images
    images

    काठमाडौँ । दाङ र जुम्लाबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सल्यान कपुरकोट गाउँपालिका-४ बस्ने २० वर्षीय उदिम प्रसाद बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । उदिमले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images
    images
    images

    त्यस्तै जुम्लामा २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पातारासी गाउँपालिका-५ जफना गाउँ बस्ने ४१ वर्षीय दत्त बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । दत्त बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

    images
    images
    images

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।