कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिकामा यतिबेला निर्वाचनकाे रौनकता छाएकाे छ । गाउँ गाउँ टाेलटाेलमा राजनैतिक दलहरु आफ्ना उम्मेदवार सहित घरदैलाेमा छन ।
चुनावी रिँग भित्र छिरेका उम्मेदवारहरुकाे राेचक भिडन्त हुने त निश्चित छ । सँगै विजय पराजयका लागि वैशाख ३० गते पछिलाई पर्खनु पर्नेछ ।
यहि निर्वाचनमा वडा सदस्यकाे उम्मेदवार बनेका दुई युवाहरूको यतिबेला रुरुक्षेत्र गाउँ पालिका १ मा चर्चा छ ।
मुख्य रुपले डिजिटल युगमा गाउँमा डिजिटल युग प्रवेश गराउने रुरुक्षेत्र १ च्यूरेकका घनस्याम ज्ञवाली र भट्कुवाका शुसिल श्रेष्ठ याे क्षेत्र यस्ता युवा हुन जस्ले शहर राेजेनन् र गाउँलाई आफ्नो कर्मथलाे बनाए ।
रुरुक्षेत्र १ काे रिडीबजारमा जन्मथलो भएका शुसिल यतिबेला रिडी बजार छाडेर नजिकैको गाउँ भट्कुवामा बस्छन । शहर झर्नुपर्नेमा गाउँमा जग्गा किनेर बसेका शुसिल त्यस्ता युवा हुन जसले भट्कुवा गाउँमा इन्टरनेट सेवा विस्तार गरे र गाउँका बा आमा दाजुभाइ दिदी बहिनीलाई डिजिटल प्रविधि दिए र गाउँसँग शहरमा बस्नेकाे सम्पर्क नजिक बनाए ।
यातायात व्यवसायी समेत रहेका शुसिल श्रेष्ठ आधारात नभनी चौबिसै घण्टा गाउँका लागि खटिरहने त्यस्ता व्यक्ति हुन जसलाई गाउँकाे सेवा गर्न रातदिन कुनबेला भन्ने नै छैन । घरघरमा पुगेर भाेट्केलीहरुलाई यातायात र ढुवानीकाे सुविधा दिने शुसिल गाउँमा बस्ने र शहरमा बस्नेहरुकाे पुलकाे काम गर्छन ।
गाउँबाट बसाई सरेकाहरुलाई गाउँबाट काेशेली बाेकेर बुटवल पुग्नु र बुटवलबाट आफन्तहरुका काेशेली गाउँमा ल्याउनु उनकाे सेवा मुलक काम हाे । उनकै कारणले भट्कुवा गाउँमा टिभि ईन्टरनेट सन्चालन मात्र छैन गाउँमा पसल राखेर खाद्दान्न समेत घरघर पुर्याउनु उनकाे दिनचर्या हाे । यति सम्मकि गाउँका किसानहरु कहाँबाट माेहि समेत सँकलन गरि स्थानीय रिडीबजारमा पुर्याएर चर्चामा रहेका शुसिल साँस्कृतिककर्मी र पत्रकार समेत हुन ।
यस्तै रुरुक्षेत्र १ च्यूरेक स्यालपाेखरीका घनस्याम ज्ञवाली पनि शहर नराेजेर गाउँमै बस्ने युवा हुन । करिव दुई दशक अगाडि थाेर्गा गाउँमा केवल नेटवर्क सन्चालन गरेका उनले याे क्षेत्रलाई डिजिटल युगमा प्रवेश गराएका हुन । पछिल्लो चरणमा गाउँमा ईन्टरनेट प्रविधि भित्र्याए सँगै यतिबेला गाउँ शहर सँग जाेडिएकाे मात्र छैन शहर बसेका छाेरा छाेरीले गाउँमा बसेका बा आमा सँग मुखामुख गरेर कुराकानी भला कुसारी गर्न सक्ने भएका छन ।
गाउँमा विधुतिकरणका काम सँगै हरेक विकास निर्माणका कामहरूमा सहजकर्ताकाे रुपमा स्थापित घनस्याम ज्ञवाली रुरुक्षेत्र गाउँपालिकाकाे च्यूरेक गाउँमा सबैकाे मनमनमा भिजेकाे र बस्न सफल नाम हाे ।
सामाजिक विकासकाे पर्यायवाची बनेका घनस्याम ज्ञवाली त्यस्तो परिवारका व्यक्ति हुन सबैले गाउँ छाडेर गईसक्दा पनि गाउँ छाड्नु हुन्न भन्ने मानसिकतामा अडिग छन ।
गाउँका कृषकहरुकाे उत्पादनलाई बजारीकरणमा सहज हाेस भन्ने उद्देश्यले स्थानीय स्यालपाेखरीमा पैँचाे पसल सन्चालन गरेर किसानहरुकाे उत्पादनलाई सजिलै बजारसम्म पुर्याउँदै समृद्धि गाउँमै छ भनेर किसानहरुमा जागरण ल्याउने कुरामा उनकाे महत्त्वपूर्ण याेगदान छ ।
राजनीतिभन्दा माथि रहेका युवाद्वय घनस्याम ज्ञवाली र शुसिल श्रेष्ठलाई नेकपा एमालेले वडा सदस्यमा रुरुक्षेत्र १ बाट उम्मेदवार बनाउँदै गर्दा उनीहरुकाे गाउँ प्रतिकाे माया, समाजप्रतिकाे उत्तरदायित्वकाे चर्चा यतिबेला चुलिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology