Logo

२०८३, आश्विन १०गते


images
images

प्रतिनिधि सभा

विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट नियमावली पारित

विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट नियमावली पारित

images
  • विपक्षीको विरोधका बीच प्रतिनिधिसभाबाट नियमावली पारित
    images
    images

    काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाबाट नियमावली पारित भएको छ । आइतबारको बैठकले प्रतिनिधिसभा नियमावली बहुमतले पारित गरेको हो । 

    images
    images
    images

    विपक्षी दलका सांसदहरूले वेल घेराउ गरिरहेका बेला सभामुख डिपी अर्यालले प्रतिनिधिसभा नियमावलीलाई पारित गराएका हुन् । सभामुख अर्यालले ठूलो संख्यामा मर्यादापालक परिचालन गरेर नियमावली पारित गराए । नियमावलीमाथि सांसदले पेस गरेका संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षी सांसदहरु घेराउमा उत्रिएपछि सभामुखलाई मर्यादापालकले घेरेर राखेका थिए । 

    images
    images
    images

    विपक्षी दलका सांसदहरूले सभामुख निष्पक्ष नभएको भन्दै नाराबाजी गर्दै निष्पक्षता कायम गर्न माग गरेका थिए । विपक्षी दलहरुले नियमावलीमा प्रतिनिधि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनको रूपमा रही विशेष कानुनसरह लागु हुने भने विषय राखिएकोप्रति विरोध गर्दै आएका छन् ।

    images
    images
    images

    अब पारित नियमावलीको व्यवस्था अनुसार प्रतिनिधिसभाका कामकारबाही संचालन हुने गर्दछन् । यसअघि २०७९ कै नियमावली अनुसार बैठक संचालन हुदै आएको छ ।   

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रतिनिधि सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।