Logo

२०८३, श्रावण ३०गते


images
images

आक्रमण गर्ने र गलत आरोप लगाउनेमाथि कारवाही गर्न पहाडीको माग

आक्रमण गर्ने र गलत आरोप लगाउनेमाथि कारवाही गर्न पहाडीको माग

images
  • आक्रमण गर्ने र गलत आरोप लगाउनेमाथि कारवाही गर्न पहाडीको माग
    images
    images

    बुटवल । संविधानसभा सदस्य एवं राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय अध्यक्ष विनोद पहाडीले आफूमाथि आक्रमण गर्ने र गलत आरोप लगाई भ्रामक प्रचार गर्नेमाथि अबिलम्ब कारवाही गर्न माग गरेका छन् ।

    images
    images
    images

    नितान्त पारिवारिक काममा भतिज किरण पहाडी र बुहारी बसन्ता पहाडीलाई भेट्न सैनामैना नगरपालिका वडा न. ९ जनज्योतिटोलमा गएको बेला बैशाख २८ गते साँझ पौने ८ बजेको समयमा नेकपा एमालेका कार्यकर्ताले गुण्डागर्दी शैलीमा घेराबन्दी गरेर आफूमाथि आक्रमण गरेको पहाडीले बताएका छन् ।

    images
    images
    images

    आफूमाथि नियोजित आक्रमण प्रयास र दुव्र्यवहार भएको भन्दै पहाडीले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन् । तत्काल घटनास्थलमा प्रहरी आएर उद्धार गरेका कारणले आफू सुरक्षित हुन सफल भएको पहाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images

    एमाले कार्यकर्ताको उक्त आक्रमण अघि इलाका प्रहरी कार्यालय सालझन्डीका प्रहरी निरीक्षकको टोलीले बाटोमा हिडेको अवस्थामा रोकेर अर्मायदित ढंगले चेकजाँच गरेको र चेकजांचका क्रममा कुनै रकम समेत फेला नपरोको अवस्था हुंदाहुंदै स्थानीय मुकुन्द दुतराजको घरमा पानी पिउँदै गरेको बेला सयौंको संख्यामा एमाले कार्यकर्ता आएर सांघातिक हमला गरेका पहाडीले बताएका छन् ।

    स्थानीय जनता र प्रहरीले उद्धार गरेका कारणले मात्रै बाँच्न सफल भएको भन्दै उनले उक्त घटनालाई लिएर नेकपा एमाले सम्बद्ध कार्यकर्ता र केहि मिडियाहरुले मौन अवधीमा पैसा बाँड्न हिडेको भन्ने नितान्त गलत लाञ्छना लगाई भ्रामक प्रचार गरेको प्रति दुःख प्रकट गरेका छन् ।

    आफू उम्मेद्वार पनि नभएको र सैनामैनामा पैसा बोकेर हिंड्ने कुनै सामथ्र्य नभएको तथा जीवनभर निष्ठाको राजनीतिक र पत्रकारिता गरेको कुरा समाजमा छर्लङ्गै छ भन्दै पहाडीले यस्ता गलत आरोपहरुको भत्र्सना गरेका छन् । तथ्यहिन, प्रमाणहिन ढंगले राजनीतिक पूवाग्रह राखेर चरित्र हत्या गर्ने कार्यको निन्दा गर्दै उनले शान्तिपूर्ण हिंडडुल गर्न पाउने नागरिकको मौलिक हकमाथि धावा बोल्दै आफूमाथि दुव्र्यहार तथा आक्रमण गर्ने व्यक्तिहरुलाई अविलम्ब कारवाहीको माग गरेका छन् ।

    पहाडीले घटनाको सत्य तथ्य अध्ययन गर्न आम सञ्चारकर्मी, मानव अधिकारकर्मी, राजनितिककर्मी र नागरिक समाजलाई आग्रह समेत गरेका छन् । पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्ब अध्यक्ष तथा रेडियो जागरणका संस्थापक समेत हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विनोद पहाडी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।