बुटवल । मानवअधिकार तथा शान्ति समाजले ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार–२०७८’ विनोद पहाडीलाई प्रदान गरेको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा बुटवलमा एक कार्यक्रमबीच पहाडीलाई नगद एक लाख १० हजार रूपियाँ, दोसल्ला र सम्मानपत्रसहित पुरस्कृत गरिएको हो।
पहाडीलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, मानव अधिकारबादी नेता कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले सम्मानित गरे ।संविधानसभा सदस्य समेत रहेका अधिकारकर्मी पहाडीले तीन दशकदेखि सामाजिक न्यायको क्षेत्रमा पूर्याएको योगदानको कदर गर्दै समाजले पुरस्कृत गरेको जनाएको छ ।
तीन दशक लामो अधिकारको आन्दोलनमा संलग्न रहँदा पटक पटक पक्राउ परेका पहाडी डा. भीमराव अम्वेडकर अवार्डबाट समेत सम्मानित भईसकेका छन।
पिता रामबहादुर नेपाली र आमा सोभी नेपालीका सुपुत्र विनोद पहाडीको जन्म २०२८ वैशाख ६ गते पाल्पाको भुवनपोखरीमा भएको थियो । हाल बुटवल, रुपन्देही निवासी पहाडी २०४६ सालदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन । विभिन्न सञ्चारमाध्यममा आबद्ध पहाडी नेपाल राष्ट्रिय दलित पत्रकार संघको संस्थापक अध्यक्ष, नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य, पत्रकार महासंघ रुपन्देही शाखाको दुई कार्यकाल सभापति भैसकेका छन ।
पहाडीले सो पुरस्कार मानव अधिकारकै क्षेत्रमा कोष बनाएर पुरस्कार दिने घोषणा गरेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology