गोपि ज्ञवाली, परासी । पश्चिम नवलपरासीका सातवटै स्थानिय तहहरुमा मतगणनाका लागि उच्च स्तरको सुरक्षा ब्यवस्था गरिएको छ । उत्तर तर्फको चुरे पहाडको भेदीदेखी भारतीय सिमाना सम्म जोडिएको पश्चिम नवलपरासीका सात वटा स्थानिय तहहरुमा मतगणनाको सुरक्षाका लागि उच्च स्तरको ब्यवस्था मिलाईएको जिल्ला मुख्य निर्वाचन आयुक्त ध्रुव कुमार शाहले बताए ।
मुख्य निर्वाचन अधिकृत शाहका अनुसार जिल्लाका सात वटै निर्वाचन अधिकृतको कार्यालयमा शुक्रवार साँझबाट नै मतगणनाको काम शुरु गरिने बताईएको छ । मतगणनाका लागि सात वटै निर्वाचन अधिकृतको कार्यालयमामा गरिने मतगणनाका लागि मतगणना स्थलमा जालीको बार, विभिन्न कोणबाट लगाईएको सिसी क्यामराहरुको ब्यवास्था गरिएको छ भने सुरक्षाका लागि नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित म्यादी प्रहरीको तीन स्तरको सुरक्षा घेरा बनाईएको छ ।
मतगणना स्थलमा लगाईएका सिसी क्यामराहरुबाट निर्वाचन कार्यालयको गतिविधी निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट समेत निगरानी गर्न सकिने ब्यवस्था गरिएको सुनवल नगरपालिकाका निर्वाचन अधिकृत लिलाधर अधिकारीले बताए ।
गणनाका लागि सुनवल नगरपालिकाको बालविकासको भवन, रामग्राम नगरपालिकाको मत गणनाका लागि परासीको आदर्श माध्यामिक विद्यालय भवनको छतको भाग, सुस्ताको पालिका भवन लगाएतमा मतगणनाको ब्यवस्था गरिएको छ ।
नवलपरासीका दक्षिण भारतसंग सिमाना जोडिएका पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाकोका ५ वटा अतिसंवेदनशिल, ६१ वटा संवदनशिल मतदान केन्द्रलाई सुरक्षाको विशेष ब्यवस्था मिलाईएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology