Logo

२०८३, श्रावण ३०गते


images
images

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता, कहिले आउछन् ?

देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता, कहिले आउछन् ?

images
  • देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता, कहिले आउछन् ?
    images
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् ।

    images
    images
    images

    उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन् ।

    images
    images
    images

    स्वास्थ्य उपचारका क्रममा नेपालबाहिर रहेका देउवा दम्पतीले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउदै पत्र पठाएका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको पत्रमा उनीहरूले आफूहरूविरुद्ध भ्रमपूर्ण भाष्य सिर्जना नगर्न र धरपकड नगर्नसमेत अनुरोध गरेका छन्। 

    images
    images
    images

    पत्रमा भनिएको छ- ‘हाम्रो उद्देश्य कुनै प्राविधिक आधारमा हामीविरुद्धको अनुसन्धानलाई रोकछेक, प्रतिरोध गर्ने नभई कानुनसम्मत, खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको छ । आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि तहाँ उपस्थित भई अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रूपमै स्पष्ट गर्न चाहेका छौं ।’

    पत्रमा देउवा दम्पतीले आफूहरूविरुद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गत जेठ ११ गते अन्तरिम आदेश भइसकेको स्मरण गराएको विभाग स्रोतले जानकारी दिएको छ ।

    गत असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। अनुसन्धान टोलीले देउवाको ध्वस्त भएको भवनमा बसी अनुसन्धान गरिसकेको थियो । तर, २०८२ फागुन १३ गते नेपाल बाहिर जाने दिनसम्म पनि विभागबाट उपस्थित हुन कुनै पत्र प्राप्त नभएको देउवाले बताएका छन् ।

    देउवा दम्पतीले आफूहरूविरुद्ध अख्तियारलगायत कुनै संवैधानिक निकायले छानबिन नगरेको र विभागको छानबिनबाट समेत कुनै बहुमूल्य वस्तु फेला नपरेको जिकिर गरेका छन्। उनीहरू २०८२ फागुन १३ गते सिंगापुर प्रस्थान गरेका थिए ।

    यसैबीच देउवा दम्पतिलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्न सरकारले गरेको प्रयास भने असफल भएको छ । इन्टर पोलले देउवा दम्पतिलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्न प्रमाण अपुग भएको भन्दै अस्वीकार गरेको बुझिएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देउवा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।