Logo

२०८३, श्रावण ३१गते


images
images

रेसुङ्गा क्याम्पसलाई पुरानै लयमा फर्काउने गरि  काम गर्छौं :नगरप्रमुख पन्थी 

रेसुङ्गा क्याम्पसलाई पुरानै लयमा फर्काउने गरि  काम गर्छौं :नगरप्रमुख पन्थी 

images
  • रेसुङ्गा क्याम्पसलाई पुरानै लयमा फर्काउने गरि  काम गर्छौं :नगरप्रमुख पन्थी 
    images
    images

    अनिष पन्थी,गुल्मी । रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिल्ध्वज पन्थीलेले रेसुङ्गा बहुमुखी क्यामपसलाइ पुरानै लयमा फर्काउने गरि काम गर्ने प्रतिबद्धता गरेका छन।

    images
    images
    images

    जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसले आयोजना गरेको बधाई तथा शुभकामना प्रदान कार्यक्रममा बोल्दै पन्थीले यस्तो बताएका हुन।

    images
    images
    images

     

    images
    images
    images

    नेपाली काँग्रेस गुल्मीका सभापति समेत रहेका  पन्थीले आफू नेपाली काँग्रेसको पार्टी कार्यालयमा रहँदा सिङ्गो काँग्रेस बलियो बनाउन र नगरपालिकामा रहँदा नगरवासीको हितमा आफूले काम गर्ने बताएका छन।

    नगरप्रमुख पन्थीले  रेसुङ्गा बहुमुखी क्याम्पसप्रति निकै आभारी रहेको बताउदै  पहिलो निर्णय जिल्लाको रेसुङ्गा बहुमुखी क्याम्पसको शिक्षाबाट गर्न आफूहरूले तयारी गरिरहेको बताए। 


    यस्तै जिल्लाबाट भइरहेको बसाइँसराइ रोक्नका लागि जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसबाट सस्तो मुल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक रहेकोले त्यसमा आफू प्रतिबद्ध रहेको  प्रमुख पन्थीको भनाइ छ। 


    सालझण्डीबाट अर्घाखाँची हुदै गुल्मी आउने सडकलाई विस्तार गर्न सडक कार्यालयका कर्मचारीसँग छलफल भइरहेको भन्दै अब सडकको अवलोकन गर्न जाने पनि बताए। 

    रेसुङ्गा बहुमुखी क्याम्पसले औपचारिक कार्यक्रमको आयोजना गरेर नगरपालिका प्रमुख खिलध्वज पन्थी, उपप्रुमख अमृतादेवी कुँवर,सबै वडाका वडाध्यक्ष र वडा सदस्यहरूलाई बधाई तथा शुभकामना प्रदान गरेको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • # रेसुङ्गा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।