Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

रास्वपाको संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

images
  • रास्वपाको संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा) ले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ ।

    images
    images
    images

    बुधबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले रास्वपा संसदीय दलको विधानलाई समयानुकूल बनाउन प्रमुख सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी दिएका छन् ।

    images
    images
    images

    कार्यदललाई ७ दिनभित्र प्रतिवेदन तथा कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको पराजुलीले बताए । 

    images
    images
    images

    बैठकमा मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयबाट भएका प्रगति विवरण र गतिविधिहरू बैठकमा जानकारी दिएका थिए । त्यस्तै बैठकमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका समस्या, जनताबाट प्राप्त गुनासाहरू र सरकारका कमजोरी औल्याएका थिए । साथै रास्वपा सांसदहरूले ग्यासको अभाव र बढिरहेको लाइन बारे प्रश्न गरेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।