Logo

२०८३, श्रावण ३०गते


images
images

सप्तरीमा बस दुर्घटना, एकजनाको मृत्यु, ११ जना घाइते

सप्तरीमा बस दुर्घटना, एकजनाको मृत्यु, ११ जना घाइते

images
  • सप्तरीमा बस दुर्घटना, एकजनाको मृत्यु, ११ जना घाइते
    images
    images

    सप्तरी । सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।

    images
    images
    images

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित कंकालिनी मन्दिर र कोशी व्यारेजको बीचमा बिहीबार बिहान बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा नाम र ठेगाना खुल्न नसकेका अन्दाजी ५५ बर्षीया महिलाको घट्नास्थलमै मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएको समाचारमा उल्लेख छ ।

    images
    images
    images

    बसमा सबार ११ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको भारदह अस्पतालमा र ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

    दुर्घटनापछि बसका चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.५ख १८९८ नम्बरको यात्रुबाहक बस अचानक अनियन्त्रित भएर सडकभन्दा २० फिट तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सप्तरी
  • # बस दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।