Logo

२०८३, आश्विन ९गते


images
images

विरगंजमा बजार अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई  कारवाही

विरगंजमा बजार अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई  कारवाही

images
  • सेतोमसी सहकर्मी
  • विरगंजमा बजार अनुगमन : खरिद बिल नदेखाउने ९ पसललाई  कारवाही
    images
    images

    सुरज श्रेष्ठ, बिरगंज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगंजले शुक्रवार बाराको कलैया बजारमा अनुगमन गरी नौवटा पसललाई कारबाही गरेको छ ।

    images
    images
    images

    वाणिज्य कार्यालयको अगुवाइमा जिल्ला प्रशासन, प्रहरी, गुणस्तर तथा नापतौल, घरेलु, उद्योग वाणिज्य सङ्घ सम्मिलित टोलीले खरीद बिल नदेखाएको, अनुगमनमा असहयोग गरेको, कुनै पनि कैफियतमा नभएका नौवटा फर्मलाई कारबाई गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगंजका सूचना अधिकारी दीलिपखङ्ग खत्वेले बताए । 

    images
    images
    images

    उनले कलैया उपमहानगरपालिका–१ मा रहेको पोशाक इम्पोरियम, खुश्बु साडी सेन्टरलाई जनही रु २० हजार, न्यू नवीन वस्त्रालय र प्रियङ्का रेडिमेडलाई रु १० हजार, जवाहरलाल हार्डवेयर, गौरीशङ्कर सप्लायर्स, चौधरी किरानापसललाई जनही रु पाँच हजार, कलैया–६ मा रहेको जयबाबा अमरनाथ किराना भण्डार, श्री क्यान वस्त्रालयलाई जनही रु तीन हजार जरिवाना गरिएको बताए ।  जरिवाना गरिएका फर्महरूलाई सात दिनभित्र राष्ट्रिय वाणिज्य बैंकमा रकम दाखिला गरी भौचर कार्यालयमा पेश गर्न अन्यथा थप जरिवाना हुने बताइएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बजार अनुगमन
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।